काठमाडौं । जुम्लाको प्रतिनिधिसभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । राप्रपाको यो पहिलो जित हो ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।
त्यस्तै कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका शान्तिलाल महत ४ हजार ५१८मतमा चित्त बुझाउन बाध्य भएका छन् । देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा रास्वपाका विनिता कठायतलगायतको जमानत जफत भएको छ।





















प्रतिक्रिया