Logo

समाचार

सर्लाही-२ मा रास्वपाका महतो विजयी



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतो विजयी भएका छन्।

आज दिउँसो सम्पन्न मतगणना अनुसार महतोले ४२ हजार ५१२ मत पाएका छन्। सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत पाएका छन्।

साथै नेपाली कांग्रेसका सरोजकुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमदले दुई हजार २८३ मात्रै मत पाएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार १७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।