Logo

प्रमुख समाचार

मुगुमा कांग्रेसका खड्ग शाही विजयी



काठमाडौं । कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भएका छन् । नेकपा एमालेका पूर्णबहादुर रोकायालाई झन्डै १ हजार २ सय मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार सात हजार ९१४ मतसहित शाही निर्वाचित हुँदा रोकायाले छ हजार ७१८ मत ल्याएका छन् ।

मुगुमा नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा माओवादीका रंगवीर परियारले २८०, राप्रपाका बलबहादुर मल्लले २०३ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्लले २२ मत ल्याएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १४:५१   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।