Logo

समाचार

गोरखा–१ को ताजा अपडेट : सुधनले कटाए १० हजार मत, एमालेका लामिछाने २ हजार तलै



काठमाडौं। गोरखा–१ मा रास्वपाका सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतगणनाअनुसार सुधनले १० हजार ३२ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले पछ्याएका छन् ।

खत्रीले ८ हजार ५१२ मत आएको छ। यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले भने ४ हजार २०९ मत ल्याएका छन् । एमालेका आरसी लामिछानेले भने १७ सय ९५ मतमात्रै ल्याएका छन् ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १७:४८   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।