Logo

समाचार

विश्वकप फाइनल: न्युजिल्यान्डले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो



काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजिल्यान्ड भिड्दै छन्।

भारतको अहमदाबादमा हुन गइरहेको फाइनल खेलमा न्युजिल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। योसँगै घरेलु टोली भारतले पहिले ब्याटिङ गर्नेछ।

भारत र न्युजिल्यान्डबीचको यो महाभिडन्त आज साँझ ७:१५ बजेदेखि सुरु हुँदैछ। दुवै टोलीले विश्वकप ट्रफी उचाल्ने लक्ष्यसहित आ-आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदानमा उतार्ने तयारी गरेका छन्।

घरेलु मैदान र दर्शकको साथ पाएको भारतलाई दबाबमा राख्दै उपाधि जित्ने रणनीतिमा न्युजिल्यान्ड रहेको देखिन्छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १९:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।