काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजिल्यान्ड भिड्दै छन्।
भारतको अहमदाबादमा हुन गइरहेको फाइनल खेलमा न्युजिल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। योसँगै घरेलु टोली भारतले पहिले ब्याटिङ गर्नेछ।
भारत र न्युजिल्यान्डबीचको यो महाभिडन्त आज साँझ ७:१५ बजेदेखि सुरु हुँदैछ। दुवै टोलीले विश्वकप ट्रफी उचाल्ने लक्ष्यसहित आ-आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदानमा उतार्ने तयारी गरेका छन्।
घरेलु मैदान र दर्शकको साथ पाएको भारतलाई दबाबमा राख्दै उपाधि जित्ने रणनीतिमा न्युजिल्यान्ड रहेको देखिन्छ।




















प्रतिक्रिया