काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्धको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो रिट आउँदो चैत १ गतेका लागि पूर्ण सुनुवाइका लागि पठाउन आदेश दिएको हो ।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध सहकारी ठगी बाहेकका अन्य दुई मुद्दा हटाउन निर्देशन दिएकी थिइन्, जसको विरोधमा अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।





















प्रतिक्रिया