Logo

प्रमुख समाचार

देउवा–कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने



काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले नेपाली कांग्रेस भित्र छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेका छन् ।

आइतबार धुम्बाराहीमा बसेको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १४:१९   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।