Logo

प्रमुख समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

चैत १० गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा सानेपास्थित पार्टीको बैठक बोलाइएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २०८२ चैत्र १० गते मंगलबार दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा हुने तय भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी, सदस्यहरू र प्रदेश अध्यक्षहरूको उपस्थितिको लागि निर्देशनअनुसार अनुरोध गरिएको छ,’ कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालेले सोमबार जारी सूचनामा भनेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १५:२२   :  बजे

285
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।