Logo

बैंकिङ

रिलायन्स लाइफले ‘एक शेयरधनी एक बीमालेख अभियान’ सार्वजनिक गर्यो 



रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘एक शेयरधनी एक बीमालेख अभियान’ सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस्तो योजना सार्वजनीक गरेको हो । 
यस अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास भएको कम्पनीले जनाएको छ । 

यस अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकाश र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिने सक्ने जनाइएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १०:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।