Logo

प्रमुख समाचार

राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् । उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् ।

परियार राप्रपाको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र केन्द्रीय निर्देशन समितिका सदस्यका रूपमा कार्यरत थिए। साथै उनले उत्पीडित दलित संगठनको केन्द्रीय वरिष्ठ नेताको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए।

पार्टीले राजाको एजेन्डा लिए पनि व्यवहारमा पालन नगरेको, दलित समुदायका समस्याप्रति संवेदनशील नभएको, समानुपातिकतर्फका ४ सिटमध्ये १ जना खसआर्य र १ जना दलित मिलाउन सकिने अवस्था हुँदाहुँदै दुवै सिटमा खसआर्यलाई नै चयन गरेर दलित समुदायलाई पाखा लगाएको उनको आरोप छ ।

पार्टीभित्र राजनीतिक र वैचारिक स्पष्टताको अभाव रहेको उनको तर्क छ। राजसंस्थालाई केवल राजनीतिक स्वार्थको भर्‍याङ मात्र बनाइएको र राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई कमजोर बनाउने काम भएको उनले उल्लेख गरेका छन्। पार्टीभित्र सच्चा देशभक्त नेता र कार्यकर्ताहरूमाथि पक्षपातपूर्ण व्यवहार गरिएको उनको भनाइ छ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १२:३२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।