Logo

राजनीति

बिदा हुनुअघि प्रधानमन्त्री कार्कीको सम्बोधन- मन भारी भएको छ



काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बिदा हुनु अघिल्लो दिन बिहीबार राष्ट्रको नाममा सम्बोधन गरेकी छन्।
उनले सम्बोधनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा डर र अनिश्चयबीच सत्ता सम्हालेको स्मरण गरेकी छन्।
जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएकाहरूलाई सम्झिँदै उनले भनेकी छन्, ‘आज म तपाईंहरू सामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ।
म सम्झिरहेको छु- ती कलिला बालबालिका जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्‍यो, ती ऊर्जावान किशोर किशोरी जसले आजीवन अपंगता व्यहोर्नुपर्‍यो, जसले परिवार जसले सपना र साहरा गुमाउनुपर्‍यो।’
उनले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई एक्लो महसुस नगर्न भन्दै ढाडस पनि दिएकी छन्। उनले भनेकी छन्, ‘सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुनी दिने सम्पूर्ण सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
घाइते योद्धाहरूको स्वास्थ्य लाभको कामना,’ उनले भनेकी छन्, ‘साहरा गुमाउनु भएका परिवारलाई भन्न चाहन्छु- तपाईंहरू एक्लो हुनुहुन्न। तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यवसायिक प्रतिष्ठान र निजी सम्पतीमा पनि क्षति पुगेकोमा गहिरो दु:ख व्यक्त गर्दछु।’

 

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार २१:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।