Logo

प्रमुख समाचार

लेखकलाई रिहा गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।

लेखकसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए । ओली रिहाइको माग गर्दै पनि बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता भइसकेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १६:३६   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।