Logo

प्रमुख समाचार

काठमाडौंका पूर्वसीडीओ छवि रिजाल पक्राउ



काठमाडौं ।काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

रिजालमाथि ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग र दमन गर्न आदेश दिएको गम्भीर आरोप लागेको छ।

गत भदौमा भ्रष्टाचार र बेथितिविरुद्ध युवा पुस्ता (जेनजी)ले गरेको प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा तनाव सिर्जना भएको थियो।

सो समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रिजालले सुरक्षाकर्मीलाई गोली चलाउन आदेश दिएको र उक्त घटनामा मानवीय क्षति भएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा समेत रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको थियो।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ०८:२६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।