Logo

प्रमुख समाचार

ओली पक्राउको विरोधमा एमालेद्वारा देशव्यापी प्रदर्शनकाे घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम



काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ । त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।

वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । उनका अनुसार वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १६:१२   :  बजे

495
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।