Logo

प्रमुख समाचार

‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय’



काठमाडौँ ।सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत भएको विश्वास व्यक्त गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज एक विज्ञप्ति जारी गर्दै शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र माग अनुरूप हुनाका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश भएको ठहर गरेको छ।

संस्थाका अध्यक्ष मदनकृष्ण शर्माले पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समय सीमासहितको बृहत् कार्यसूची पारित गर्नुले सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको बताउनुभयो ।

विज्ञप्तिमापन तोकिएको समय सीमाभित्र सबै कार्य सम्पन्न हुने छन् भन्नेमा आशा र विश्वास लिएको बताउँदै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन प्रवर्धनको कार्यमा आफ्ना अनुभव र विज्ञता उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ । रासस

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १८:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।