काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत बुधबार बेलुका आफ्नो धारणा सार्वजनिक गर्दै संसदीय दलको नेता चयन प्रक्रियाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास संकुचित भएको बताएका हुन्।
नेता पाण्डेले सम्भावना बोकेको युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थकसमेत नपाउने अवस्था सिर्जना हुनु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद भएको टिप्पणी गरेका छन्।
बुधबार एमाले संसदीय दलको नेता चयनमा युवा आकांक्षी सुहाङ नेम्वाङलाई पन्छाएपछि नेता पाण्डे आक्रोशित भएका हुन्।
उनले लेखेका छन्- ‘म नै पार्टी र पार्टी नै म’ भन्ने प्रवृत्ति हाबी हुँदा सुधारको ढोका बन्द हुने खतरा बढेको छ।’
पाण्डेले दमनकारी प्रवृत्तिले संगठनलाई गतिशील बनाउनुको सट्टा अधोगतितर्फ धकेल्ने चेतावनी दिएका छन्।


















प्रतिक्रिया