Logo

प्रमुख समाचार

ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग



काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उनले भने, ‘यो गम्भीर आपत्तिको विषय छ । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ।’ ,उनले भने- ‘आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १४:३८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।