Logo

प्रमुख समाचार

हिरासतमुक्त भए पनि पूर्वप्रधानमन्त्री ओली अस्पतालमै रहने, पत्थरीको शल्यक्रिया सोमबार गर्ने तयारी



काठमाडौं । १३ दिनपछि हिरासमुक्त भए पनि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष  केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार नभएका कारण अस्पतालमै रहने पारिवारिक स्रोतले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रिया गर्ने तयारी गरिएको छ । शल्यक्रियाबारे ओलीसँग छलफलपछि निर्णय लिइने ती चिकित्सकले बताए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले यथेष्ट कारण देखाउँदै लिखित पत्र दिनुपर्ने भनेपछि १४ चैतमा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ओलीको स्वास्थ्यमा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले शिक्षण अस्पतालमै भर्ना गरेका थिए ।

ओलीको सुगर अस्वाभाविक बढेको र थाइराइडको पनि समस्या देखिएको थियो । पत्थरी समेत देखिएपछि चिकित्सकले शल्यक्रिया गर्दाका जोखिमबारे परामर्श गर्न समय लागेको थियो ।

ओलीलाई आजै पत्नी राधिका शाक्यको जिम्मा लगाएर प्रहरीले छाडे पनि अस्पतालले पनि डिस्चार्ज नदिने भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार १२:४९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।