काठमाडौं । नेपाली कांग्रेस भित्रको विवाद अझै समाधान हुन सकेको छैन।
गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भए पनि पूर्वसभापति शेरबहादुर देउवा समूहले त्यसलाई चुनौती दिँदै आएको छ।
केन्द्रीय कार्यसमितिले चैत दोस्रो साता २०८३ असोज १६–१९ मा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि विवाद झन् चर्किएको हो। सो कार्यतालिका रोक्न माग गर्दै देउवा पक्षले सर्वोच्च अदालत मा रिट दायर गरेको छ, जसको पेसी आजका लागि तोकिएको छ।
देउवा पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिन माग गर्दै दायर गरेको अर्को रिटको पेसी भने आगामी वैशाख ३ गतेका लागि तय गरिएको छ।
कार्यतालिका कार्यान्वयन रोक्न माग गर्दै देउवा पक्षबाट कार्यवाहक तोकिएका पूर्णबहादुर खड्का ले सर्वोच्चमा पूरक रिट दायर गरेका हुन्।
सर्वोच्चबाट अन्तिम निर्णय नआउँदै पार्टीले महाधिवेशनका गतिविधि अघि बढाएको भन्दै देउवा समूहले आपत्ति जनाएको छ।
१४औँ महाधिवेशनबाट निर्वाचित देउवा समूहले समानान्तर गतिविधि जारी राख्दा कांग्रेसभित्रको आन्तरिक विवाद अझै कायम रहेको छ।





















प्रतिक्रिया