Logo

प्रमुख समाचार

नयाँ मन्त्रीहरूको शपथ आजै हुने



काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको आजै शपथग्रहण हुने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, उनीहरूको शपथ ग्रहण पनि आजै हुनेछ । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय भइनसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार १४:२८   :  बजे

507
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।