Logo

अर्थ

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

शिखर इन्स्योरेन्सको ६ प्रतिशत दरको कुल १७ लाख ८४ हजनार ६८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या ३ करोड १० लाख १५ हजार ६७८ कित्ता पुगेको छ ।

त्यस्तै, कालिका लघुवित्तको १० प्रतिशत दरको कुल ४ लाख ७ हजार ६९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । योसँगै संस्थाको सूचीकृत सेयर संख्या ४४ लाख ८४ हजार ६१६ कित्ता पुगेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार १५:४९   :  बजे

360
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।