Logo

समाचार

अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की आएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको योजनामा आयोगका प्रमुख आयुक्त राईलगायत १० जनालाई हत्याको धम्की आएको बताइएको छ ।

अख्तियार प्रमुखबाट १० दिनभित्र राजीनामा नदिए राईलाई ज्यान मार्ने धम्की आएको हो । गत २२ अक्टोबरमा एक्स्ट्रिमिस्ट ग्रुप अफ (ईजीएन) नेपालको लेटरप्याडमा पत्र लेखी इमेलमार्फत राईलगायत १० जनाको ज्यानमार्ने धम्की आएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार २०:२३   :  बजे

426
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।