Logo

राजनीति

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति तय



काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति तय भएकाे छ। नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा एवं निर्वाचन आगामी वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरिएकाे छ ।

शुक्रबार बसेकाे महासंघको पदाधिकारी समितिको बैठकले ६०औँ वार्षिक साधारण एवं निर्वाचन वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको हाे।

बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैसाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ ।यसअघि चैत २९ र ३० गतेका लागि तय भएको साधारण सभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियाे ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार २१:१६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।