Logo

राजनीति

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाडौं। प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शुक्रबार उपसभामुखमा निर्वाचित उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाउनुभएको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहको समेत उपस्थित थियो ।

प्रतिनिधि सभामा आज भएको मतदानमा उहाँले कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार २१:३३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।