Logo

समाचार

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ बने विजेता



काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. को आयोजनामा सञ्चालित ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंस्थित प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्समा अप्रिल १० र ११ गते दुई दिनसम्म चलेको यस प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

स्टेबलफोर्ड फर्म्याटमा ¾ ह्यान्डिक्यापका आधारमा खेलाइएको यस प्रतिस्पर्धामा खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

प्रतियोगिताको मुख्य विधा पुरुषतर्फ कर्बिर तामाङले ४८ काउन्टब्याक स्कोरका साथ उपाधि चुम्न सफल भए । उनलाई समान ४८ काउन्टब्याक स्कोर ल्याएका अश्मांक कार्कीले पछ्याउँदै रनर-अपको स्थान सुरक्षित गरे ।

यस्तै, हरि बहादुर थापाले ३५ स्कोर गर्दै ‘बेस्ट ग्रस विनर’ को उपाधि हात पारे । महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरका साथ रनर-अप रहिन् ।

विभिन्न उमेर समूह र विधामा पनि विजेताहरू घोषित गरिएका छन्। सिनियरतर्फ (६५ वर्षमाथि) मेजर जनरल विजय मोक्तान विजेता र क्याप्टेन मोहन गुरुङ रनर-अप बने ।

७५ वर्षमाथिको सुपर सिनियर विधामा क्याप्टेन मणि लाल थापाले जित हासिल गरे ।

महिलाहरूको ६० वर्षमाथिको सिनियरमा देवी पुलामी र ७० वर्षमाथिको सुपर सिनियरमा सन्ध्या राई विजेता बने ।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा हरि बहादुर थापाले होल नम्बर १२ मा ‘होल इन वान’ गर्दै सबैलाई प्रभावित पारे । त्यस्तै, कर्बिर तामाङले ४ बर्डीसहित ‘मस्ट बर्डीज’ को अवार्ड जिते ।

अन्य पुरस्कारहरूमा सरोज थापाले ‘लगेस्ट ड्राइभ’, खिम गौचनले ‘क्लोजेस्ट टु द पिन’ र ब्रिगेडियर जनरल शशि किरण रायमाझीले ‘स्पोर्ट्सम्यानसिप प्राइज’ प्राप्त गरे ।

रोयल नेपाल गल्फ क्लबमा आयोजित यस कार्यक्रमले गल्फ खेलमार्फत कार्ल्सबर्गको ‘प्रिमियम स्पोर्टीङ लाइफस्टाइल’ र भाइचाराको प्रतिबद्धतालाई पुनः झल्काएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आईतवार १३:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।