Logo

अर्थ

एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत चैत २६ गतेदेखि सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ सार्वजनिक गरेको हो ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

इच्छुक लगानीकर्ताले सि आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ ।

आईपीओमा आवेदन दिने समय आज बैंकिङ समयभित्र मात्र रहने भएकाले समयमै आवेदन दिन लगानीकर्तालाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ०८:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।