Logo

समाचार

ट्रकको ठक्करबाट घाइते भएका इन्स्पेक्टर लामाको उपचारका क्रममा निधन



काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन एको छ । आइतबार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो ।

३२ वर्षीय लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे ठक्कर दिएको थियो ।

तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएकोमा उपचारकै क्रममा उनको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । रामेछाप घर भएका उनी तार्केश्वरक-७ फुटुङ बस्दै आएका थिए ।

प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलवार १३:५०   :  बजे

582
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।