Logo

राजनीति

नयाँ वर्षले नयाँ उत्साहका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् : प्रमुख देवकोटा



हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विगतका अनुभवबाट शिक्षा लिँदै नयाँ उत्साह र उमंगका साथ अघि बढ्न नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०८३ सालको अवसरमा मंगलवार शुभकामना दिँदै उहाँले देशले विकास र समृद्धिको नयाँ काँचुली फेर्ने बताउनुभयो ।

उहाँका अनुसार सुशासन र न्यायको स्थापना भई हरेक नेपालीले गर्व गर्न लायक राष्ट्र निर्माणको आधार तयार हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले युवा शक्तिलाई आफ्नै माटोमा अवसर सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो ।

नयाँ वर्ष परिवर्तन र आशाको प्रतीक भएको उल्लेख गर्दै उहाँले यसले जीवनमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख देवकोटाले यो वर्ष केवल पात्रो परिवर्तनमा सीमित नभई देशको मुहार फेर्ने संकल्पको वर्ष बन्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले सुशासन, आर्थिक स्थिरता र दिगो विकासतर्फ मुलुक अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

देशको मेरुदण्ड राजनीतिक स्थिरता र आर्थिक विकास रहेको उल्लेख गर्दै उहाँले स्पष्ट नीति र दूरदृष्टि भए मात्र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

नयाँ वर्ष २०८३ सालको अवसरमा उहाँले बागमती प्रदेश तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम राख्दै देश विकासमा इमान्दारपूर्वक लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलवार १८:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।