Logo

राजनीति

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब



काठमाडौँ । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार ‘अनौपचारिक तर स्पष्ट’ कुराकानी गरे ।

जसमा उनले नेपालमा तिब्बत र ताइवान गतिविधिसम्बन्धी विभिन्न चासोहरू उठाएका छन् र काठमाडौं बेइजिङविरुद्धका विदेशी स्वार्थको मञ्च नबन्ने सुनिश्चितता मागेका छन्।

उक्त बैठकमा सहभागी दुई अधिकारीका अनुसार चिनियाँ राजदूतले नेपालमा रहेका तिब्बती शरणार्थीहरूको दर्ता स्थिति लगायत विषय उठाएका थिए र नेपाली भूमिमा रहेका तिब्बतीहरूका ‘पृथकतावादी’ गतिविधि जारी राखेको जस्ता विषय उठाएका थिए।

उक्त बैठकमा सहभागी एक अधिकारीले भने, ‘उनले काठमाडौंमा ताइवानसम्बन्धी गतिविधिबारे आएका रिपोर्टमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

खासगरी गत महिना राजधानीमा आयोजित एक सांस्कृतिक कार्यक्रममा कसैले एकैछिनका लागि ताइवानी झन्डा देखाइएको विषय उल्लेख गरे ।’

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक–एक अधिकारीले कान्तिपुरसँग कुरा गर्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बैठकको यो विवरण दिएका हुन्।

गत मार्च २८ मा एभरेस्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको १३औँ अन्तर्राष्ट्रिय लोक महोत्सवमा ताइवान, जर्मनी, दक्षिण अफ्रिका र इस्टोनियासहित ११ देशका प्रतिनिधि सहभागी थिए।

सो कार्यक्रममा केही समयका लागि ताइवानी झन्डा फहराइएको थियो, जुन विरोधपछि हटाइएको थियो।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार ०९:०९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।