काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३३.८३ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ ।
आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २३६ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिज लाइन इनर्जी र सूर्यकुण्डका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ९.४७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया