Logo

प्रमुख समाचार

कांग्रेसकाे आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै



काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । देउवा पक्ष र आयोगको तर्फबाट सरकारी वकिलको बहस सकिएको छ । आज रिटमा विपक्षी बनाइएका कांग्रेस सभापति थापा र उपभापति विश्वप्रकाश शर्माका तर्फबाट प्रतिरक्षा हुनेछ ।

यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार ११:२७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।