Logo

स्वास्थ्य

बुटवलको कोरोना अस्पतालमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु



बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

सङ्क्रमित दुबै जनामा उच्च ज्वरो, उच्च रक्तचाप र श्वासप्रस्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।तिलोत्तमा नगरपालिकाका पुरुषमा यही २ गते कोरोना पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कात्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  ११ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।