Logo

विविध

एफएनसीसीआईको साधारण सभाको उद्घाटन रोयल टुलिपमा हुने



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई)को ६० औँ साधारण सभाको उद्घाटन ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिप हुने भएको छ।

गत चैत २९ र ३० गतेका लागि निर्धारण गरिएको साधारण सभा स्थगित भएपछि वैंशाख २१ र २२ गतेका लागि नयाँ मिति तय भएको थियो। नयाँ मितिअनुसार महासंघले आइतबार सूचना जारी गर्दै स्थगित साधारण सभा तथा निर्वाचनको लागि ठाउँ सार्वजनिक गरेको हो।

सूचनाअनुसार २१ गतेको उद्घाटन रोयल टुलिपमा हुने र निर्वाचन प्रक्रिय नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उल्लेख छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार १९:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।