काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ७१औं वार्षिकोत्सव कार्यक्रममा निजी सञ्चारमाध्यमलाई समाचार संकलनमा रोक लगाएको छ । बैंकले यसपटक निजी क्षेत्रका पत्रकारहरूलाई कार्यक्रमको सूचना संकलनमा रोक लगाएको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको निर्देशनमा सरकारी स्वामित्वका मिडियालाई मात्र निमन्त्रणा गर्ने निर्णय गरिएको हो । सार्वजनिक महत्त्वको निकायले महत्त्वपूर्ण वार्षिक प्रतिवेदन र समीक्षा सार्वजनिक गर्ने कार्यक्रममा निजी क्षेत्रलाई अलग राखिनुलाई लोकतान्त्रिक मूल्य–मान्यता र नागरिकको सूचनाको हक विपरीतको कदमका रूपमा लिइएको छ ।
राष्ट्र बैंकका केही उच्च अधिकारीहरूले समेत असन्तुष्टि जनाएका छन्।
पछिल्लो समय बढ्दो मुद्रास्फीति, घट्दो ब्याजदर र कमजोर तरलता व्यवस्थापनबीच केन्द्रीय बैंकको भूमिकामाथि प्रश्न उठिरहेका बेला यस्तो निर्णय आएको हो। मिडियाको खबरदारी गर्ने भूमिकालाई कुण्ठित बनाउने काम गरेको भन्दै केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूले असहमति जनाएका छन् ।




















प्रतिक्रिया