काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.७३ अंकले बढेर २,७९६ को विन्दुमा कायम भएको छ ।
आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सिटी होटलका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका यकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया