Logo

खेलकुद

गुल्शनकाे उत्कृष्ट बलिङमा ओमानमाथि नेपालको शानदार जित



काठमाडौं । विश्वकप डिभिजन लिग-२ अन्तर्गत काठमाडाैंको कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ।

मङ्गलवारको खेलअघि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।

निर्धारित ५० ओभरमा १ बल बाँकी छँदै नेपाली टोली २५६ रन बनाएर अलआउट भयो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए। उक्त इनिङ्समा ओमानका नदीम खानले नेपालको ३ विकेट लिए।

दोस्रो इनिङ्समा ओमान १७५ रन बनाउँदा अलआउट भयो। यस इनिङ्समा नेपालका गुलशन झाले ५ विकेट लिए।

 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलवार १६:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।