Logo

एटलेटिको म्याड्रिडले बार्सिलाेनालाई १-० गाेल अन्तरले पराजित



स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले १० वर्षपछि बार्सिलाेनालाई पराजित गरेकाे छ । गएराति घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएकाे खेलमा एटलेटिको म्याड्रिडले बार्सिलाेनालाई १-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

याेसँगै एटलेटिको अपराजित यात्रा कायमै रहेकाे छ ।  १० वर्षपछि एटलेटिकोलाई जित दिलाउनकाे लागि यानिक फरेर करास्कोले गाेल गरे । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए ।

सन् २००९/१० पछि एटलेटिकोले पहिलो पटक बार्सिलोनालाई हराएकाे हाे । सन् २००९/१० मा एटलेटिकोले बार्सिलोनालाई २-१ गाेल अन्तरले पराजित गरेकाे थियाे ।

खेलमा बार्सिलाेनाले गाेल गर्ने अवसर पाए पनि गाेल भने गर्न सकेन । खेलभर बार्सिलाेनाले १३ प्रहार गरेकाे थियाे । १३ प्रहारमध्ये  ४ वटा प्रहार तार्गेटमा हानेकाे थियाे । एटलेटिकोले गरेकाे ९ प्रहारमध्ये २ वटा टार्गेटमा परेकाे थियाे ।

यस जितसँगै एटलेटिकोले शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबर गरेको छ । एटलेटिकोले ८ खेलमा २० अंक जोड्दा सोसिडाडले एक खेल बढी खेलेको छ । बार्सिलोना भने ८ खेलमा ११ अंकसहित अंक तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार ०७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।