Logo

खेलकुद

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित र सन्दीपको उत्कृष्ट बलिङ



काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो।

ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल लिस्कले पनि अर्धशतक बनाए। उनले यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक सफलता हात पारे।

यसै खेलमा लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान राखे। सन्दीपले ७३ म्याचमा १५० लिए।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार १२:२७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।