Logo

खेलकुद

नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य



काठमाडौं । महिला एसियन गेम्स क्वालिफायर अन्तर्गतकाे खेलमा नेपालले चीनलाई १२६ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो ।

उपकप्तान पुजा महतोले अर्धशतकीय इनिङ्स खेलिन् । ५७ बलमा ६ चौकाको मद्दतमा पुजाले ६३ रनको योगदान दिइन् ।

यस्तै, रुवि पोद्धारले २२ तथा सोनी पाख्रिनले १८ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फमा रिकले दुई तथा वाङ हिइङ र ली जियापिङले एक–एक विकेट लिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १३:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।