Logo

अर्थ

२७ सार्वजनिक संस्थान मात्रै नाफामा, १६ वटा नोक्सानीमा



काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ ले यस्तो देखाएको हो ।

यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेका छन् । बाँकी २ वटा संस्थान बन्द अवस्थामा छन् । अघिल्लो वर्ष नाफामा रहेका संस्थानको संख्या २८ थियो ।

२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड पुगेको छ । सेयर र ऋण गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ ।

सार्वजनिक ऋणको भार पनि बढ्दै गएको छ । २०८२ फागुनसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको ४३.६ प्रतिशत हुन आउँछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १३:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।