काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । सुन आज ९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यो गिरावटसँगै सुनको मूल्य ३ लाखमुनि झरेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया