Logo

समाचार

कांग्रेसले बोलायो नीति प्रतिष्ठानको बैठक



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक ठ २७ गतेका लागि आह्वान गरिएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपास्थित बीपी स्मृति भवनमा बिहान ११ बजे बस्ने गरी बैठक तय भएको हो ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरेका छन् ।

उक्त बैठकमा विशेष गरी विभिन्न उपसमितिहरूका संयोजकहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार १६:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।