काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्याएको आरोपमा जरिवाना तिराएको छ ।
नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।
महानगर प्रहरीकाअनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पुर्याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।




















प्रतिक्रिया