Logo

समाचार

संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो: ज्ञानु पौडेल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्ञानु पौडेलले प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गर्दा सांसदहरूको बोल्न पाउने अधिकार प्रभावित भएको बताएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षका सबै सांसदको काम, कर्तव्य र अधिकार समान रहेको उल्लेख गरिन् ।

तर, सदनको कार्यसूची प्रभावित हुने गरी लगातार अवरोध हुँदा आफूहरूका विषयवस्तु प्रस्तुत गर्ने अधिकारसमेत कुण्ठित भएको उनको भनाइ थियो ।

उनले आकस्मिक समयलगायत विभिन्न विषयमा आफ्ना धारणा राख्न खोज्दा पनि अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्दै संवाद, सहकार्य र संसदीय प्रक्रियालाई अवरुद्ध बनाउने गतिविधिप्रति आपत्ति जनाइन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार १४:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।