Logo

समाचार

मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण



काठमाडौं । आज (मङ्गलबार)को मन्त्रिपरिषद् बैठकमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गरिएको छ ।

कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वेदशी उत्पादनको संरक्षण, किसानको हित र संस्थानको सुदृढीकरणका लागि स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिइएको बताएकी छन् । डीडीसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सरकारले उपभोग र प्रवर्द्धनमा सहयोग गर्नुपर्नेमा उनको जोड रहेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूलाई वितरण गरिएको प्याकेटमा डीडीसीको दूध, दही, पेँडा, केशर दूध, बटर, चिजलगायतका उत्पादन थिए ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार १६:५०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।