Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब ४१ करोडमा सीमित



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.२६ अंकले घटेर २,७११ को विन्दुमा कायम भएको छ ।

आज ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चरको २७ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार १५:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।