Logo

अर्थ

सेयर बजारमा ६.३१ अंकको गिरावट, ४ अर्ब ४ करोडमाथिको कारोबार



काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ६.३१ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ ।

आज ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ ।

आज  ४ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलवार १५:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।