Logo

अर्थ

आइएमएस ग्राहकहरूका लागि इसेवा र आइएमएसको ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक



काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात् इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन् । यसबाट व्यवसायीहरूले आफ्नो भुक्तानी प्रणालीबाट सिधै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राही र लाभग्राहीहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउन सहज हुने बताइएको छ ।

यो सहकार्यले आइएमएसको इन्टरप्राइज क्षमता र इसेवाको डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गर्दै व्यवसायीहरूलाई अझ छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी व्यवस्थापन गर्ने सुविधा प्रदान गर्नेछ । ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ले चेकमा आधारित कारोबारमाथिको निर्भरता कम गर्नुका साथै म्यानुअल भुक्तानी प्रक्रियामा लाग्ने समय बचत गर्दै भुक्तानी प्रणालीलाई अझ सरल बनाउन मद्दत गर्ने जनाएको छ ।

यस समाधानमार्फत व्यवसायीहरूले आफ्नो वित्तीय कार्यप्रवाहमा पारदर्शिता र पूर्ण नियन्त्रण कायम राख्दै रकम भुक्तानीलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्नेछन् ।

हाल सञ्चालनमा रहेका प्रणालीहरूबाटै सिधै भुक्तानी गर्न सकिने भएकाले उद्यमी, व्यवसायी तथा संस्थाहरूले उल्लेखनीय समय बचत गर्न, सञ्चालन जटिलता घटाउन तथा आफ्नो मुख्य व्यावसायिक गतिविधिमा केन्द्रित हुन सक्ने अपेक्षा गरिएको छ ।

इसेवा र आइएमएसबीचको यो सहकार्यले व्यावसायिक भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै संस्थाहरूलाई डिजिटल रूपान्तरण अपनाउन सहयोग गर्ने दुवै संस्थाको साझा प्रतिबद्धता झल्काउने जनाएको छ । प्रविधिसँगै विभिन्न भुक्तानी क्षमताहरूलाई एउटै कार्यप्रवाहमा समेट्दै व्यवसायीहरूलाई अझ सहज, प्रभावकारी र आत्मविश्वासका साथ भुक्तानी व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

उद्यमीहरूका लागि व्यावसायिक प्रक्रिया सहज बनाउने तथा सरल भुक्तानी अनुभव सिर्जना गर्ने उद्देश्यका साथ इसेवा र आइएमएस दुवै संस्थाले नवीन र भरपर्दो समाधान उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलवार १७:४०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।