काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्यो ।
अष्ट्रियाको जितमा रोमानो स्चमिड र मार्काे अर्नाटोभिकले एकएक गोल गर्दा एक गोल उपहार पायो । खेलको २०औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५०औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काए ।
खेलको ७६औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गर्दा अष्ट्रियाले दोस्रोपटक अग्रता लिने अवसर पायो ।




















प्रतिक्रिया